मयूर वर्ण महाविहार एक सांस्कृतिक सम्पदा

।। नमो बुद्धाय ।।
 
राजा शंकर देव कृत जयश्री मिश्र संस्कारीत मयूरवर्ण महाविहार नामले प्रसिद्ध यस भिन्छेबहाल टोलको नाम सबैलाई थाहा भएकै होला । अब त देशी विदेशी पर्यटकको निरीक्षण भ्रमणको कारण अन्य देशमा पनि यस विहारको प्रचार प्रसार भैरहेको छ ।

यस विहार राजा वृषदेवको संकल्प अनुसार वहा“को सुपुत्र शंकर देवले निर्माण सम्पन्न गरेको देखिन्छ । यो विहार निर्माण क्रममा जयश्री मिश्रको देनले राजा शंकरदेवका आग्रह अनुसार भएकोले यहा“को कर्मकाण्डमा “शंकर देव कृत जयश्री मिश्र संस्कारीत मयूरवर्ण महाविहार वासित” भन्ने वाक्य पाठ गर्ने प्रचलनले प्रष्ट छ ।
 
यस विहारको मन्दिर पहिला छत्र शैलीमा निर्माण भएता पनि पछि दुई तले, तीन तले शैलीको मन्दिर निर्माण भएको छ । यो विहार निर्माण वर्ष १६ सय वर्ष भन्दाअघि भएको ऐतिहासिक तथ्य “मयूरवर्ण महाविहार या संक्षिप्त इतिहास” २५१७ औं बुद्ध जयन्तीको उपलक्षमा प्रकाशित पुस्तकमा उल्लेख गरिएको छ ।
 
यस विहारको कचा बाहा (शाखा) को रूपमा तीन दाजु भाइहरूले स्थापना गरेका क्रमशः ज्ञानचन्द्र, हेमचन्द्र र भीमचन्द्र विहार नामले यस भिन्छेबहाल आसपास रहेको छ र विहारमा हुने प्रवज्याकर्म, वज्राभिषेक, छत्राभिषेक आदि शुभ कार्यमा गणचक्रमणको बेला तत् तत् विहारमा विराजित भगवान बुद्धको दर्शन पूजन गर्ने चलन अद्यापि भै रहेको छ र अर्को एउटा विहार सुन्धारा ताफुलाछिमा प्रसिद्ध भीमसेन रहेको स्थानमा स्थापित म्ह्येन्दु विहार पनि यसै विहार अन्तर्गत पूजार्चन एवं अधिनस्थ रहेको ऐतिहासिक तथ्य पनि उल्लेखनीय छ । साथै यस भिन्छेबहालको रचना बास्तुकला पूर्ण भै थान गणेश, श्री सूर्यविनायक, अष्टपीठ भैरवादि मातृका गणहरू दिशा विदिशा ठाउ“ ठाउ“मा संस्थापित गरिएको छ ।
 
यस विहार ऐतिहासिक रूपले श्री निवास मल्लको पर्यायमा र त्यसपछि शाहकालमा सर्वसंघको प्रयासमा “उपत्यका ब्यापी विशेष कार्यक्रम” संचालन क्रममा जीर्णोद्धार भएको शिलालेखमा उल्लेख गरेका साथै साधारण मर्मत सम्भार गरी संरक्षण गरिएको छ । त्यस्तै धर्मागार दिगि मूल आगम घर विराजित अधिष्ठाता कुलेश्वर देव देवीको रंगवरण ( लः पुइ छायेगु) २ पटक जीर्णद्धार भै सकेको छ । 
 
हाल यस धर्मागार दिगी जीर्ण भै ललितपुर विकासको लागि समाजको अगुवाईमा भारतीय दूतावासको आर्थिक सहयोगमा पुनः निर्माण कार्य भैरहेको छ । यहा“को सर्वसंघ कुलपुत्र ४३१ बज्राचार्य र शाक्य वंश छन् भने जनसंख्या एक हजारको हाराहारीमा छ । पेशागत रूपमा यहा“का वासिन्दा गुरुजु पुरोहित, लोंहकर्मि, हल्तकला, सिकर्मि, डकर्मि, वैद्य आदि पेशा अपनाई जीवकोपार्जन गरिआएका छन् ।
 
विकास निर्माण क्रममा यस विहार परिसर ननिको चारैतिर सानेपानी पाइप लाइन विछ्याएको र ह्यूम पाइप पनि बिछ्याइ सबै घरमा चर्पी निर्माण गरी सकिएको छ । त्यस्तै गणेश मन्दिरको पुनःनिर्माण, योगाम्बर मन्दिरहरूको सम्भार गर्ने काम र दिगीभित्र २ तले सिकुचाछे“ निर्माण न.पा.को सहयोगमा भएको छ भने ललितपुर उपमहानगरपालिका कै आर्थिक सहयोगमा विहार परिसर ननिमा ढुंगा छाप्ने र पेटी सुधार कार्य सम्पन्न भै यहा“का वातावरण सुधार गर्ने काम भएको छ । 
 
त्यस्तै ब्यवहार सुधार अन्तर्गत रीतिथिति र आर्थिक दृष्टिकोणले गर्नु पर्ने सुधारहरू समसामयिक ढंगले गरिदै अएको छ भने मृत्यू संस्कार अन्तर्गत अन्तकालमा गरिने विविध सुधार भै आएको छ । यी सबै कार्यहरू अबदेखि “मयूरवर्ण महाविहार सुधार समिति”ले संचालन गरिरहेको छ । जनमैत्री वाचनालय, मैत्री क्लव, मयूरवर्ण मिसा पुचः (महिला समूह) र अन्य संघ संस्थाहरूले विभिन्न कार्यक्रम गरी बौद्धिक तथा मानसिक विकास, हाजीर जवाफ प्रतियोगितामा सहभागी हुने, खेलकुद, तालीम एवं सरसफाई, खानेपानी वितरण उल्लेखनीय छ ।
 
वि.सं. २००५ सालमा स्थापना भै २०३७ सालमा पुनर्गठित ज्ञानमाला भजन संघले पनि प्रत्येक संक्रान्ति, पूर्णिमा, अष्टमी र अन्य चाड पर्वमा निरन्तर रूपले भजन गर्दै धार्मिक जागरणमा टेवा पु¥याउ“दै देशका अन्य ठाउ“हरूमा हुने कार्यक्रममा सहभागिता जनाउ“दै अएको छ ।
 
मयूर बचत तथा ऋण सहकारी संस्था मार्फत यहा“का वासिन्दाहरूको आर्थिक हैसियत उकास्न सहयोग गर्दै आएको छ । यसरी सबै टोलबासी सर्वसंघ दशस्थविर आजुगण महिला तथा सज्जन सबै सबैको तन मन धनको त्रिसंयोग मिलेर यस मयूरवर्ण महाविहार भिन्छेबहालको प्रगति र उन्नति भै रहेको र अझ प्रगति पथमा बढ्न प्रेरणा र हौसला प्राप्त भै रहोस भन्ने कामना गर्दछौं ।
 
।। शुभमस्तु सर्वदा ।।
 
स्रोत ः हेमराज शाक्य “मयूरवर्ण महाविहार संक्षिप्त इतिहास”
प्रस्तुत ः सानुमान बज्राचार्य