मयूर वर्ण महाविहार एक सांस्कृतिक सम्पदा

।। नमो बुद्धाय ।।

राजा शंकर देव कृत जयश्री मिश्र संस्कारीत मयूरवर्ण महाविहार नामले प्रसिद्ध यस भिन्छेबहाल टोलको नाम सबैलाई थाहा भएकै होला । अब त देशी विदेशी पर्यटकको निरीक्षण भ्रमणको कारण अन्य देशमा पनि यस विहारको प्रचार प्रसार भैरहेको छ । यस विहार राजा वृषदेवको संकल्प अनुसार वहा“को सुपुत्र शंकर देवले निर्माण सम्पन्न गरेको देखिन्छ ।

दस स्थविर आजुगणपिं

  • चक्रेश्वर आजु धर्मबज्र बज्राचार्य
  • आजु भुवनज्योति बज्राचार्य
  • आजु शिवराज बज्राचार्य
  • आजु चन्द्रकाजी बज्राचार्य
  • आजु चिनकाजी बज्राचार्य
  • आजु दुर्गाराज बज्राचार्य
  • आजु नन्दराज बज्राचार्य
  • आजु साहिला बज्राचार्य
  • आजु ज्ञानज्योति बज्राचार्य
  • आजु निरकाजी बज्राचार्य

अध्यक्षज़्युको दुई शब्द

सुरेन्द्र बज्राचार्य1

ल.पु.उ.म.न.पा. वडा नंं ७ अवस्थित रहेको यस ऐतिहासिक मयूरवर्ण महाविहार ललितपुरका प्रसिद्ध तथा मूल विहारहरु मध्ये एक हो । यस विहारस्थापना १६ सय वर्ष अगाडि भएको हो । यस विहार राजा शंकरदेवको आग्रहमा जयश्री मिश्रले गर्नुभएको तथा विहार निर्माणका क्रममा मयूरले स्थान देखाएको कारणले यस विहारलाई शंकरदेवकृत जयश्री मिश्र संस्कारित मयूरवर्ण महाविहारका नामले प्रख्यात छ । प्रचलित रूपमा भिन्छेबहालको नामले पनि चिनिन्छ ।यस विहारमा पहिला हेबज्रको दीक्षा अभिषेक दिने र सोहि अनुरुप परम्परा संस्कार मान्दै आएका छन् ।

यस विहारमा स्थापनाकालदेखि नै ऐतिहासिक व्यक्तित्वहरूको जन्म तथा सम्बन्धका कारणले यस विहार देश तथा विदेशमा समेत प्रख्यात छ । यस विहारका दत्त खलक बन्धुदत्त बज्राचार्यको छोरीको सन्तती भएकाले यस विहारबाट आर्यावलोकितेश्वर करुणामयको रथ निर्माण तथा रथारोहण पछि पटुका (जनी) चढाएपछि मात्र रथ जात्रा शुरु गरिन्छ । त्यसै गरी मन्त्र सिद्ध खलकका ऐतिहासिक पुरुषहरूबाट ओकुबहालमा विराजमान विद्याधरी (बज्रयोगिनी) सार्न तथा ललितपुर नौदोंस्थित बालकुमारी हालको स्थानमा सार्न समेत योगदान गर्नु भएको छ । अर्को खलक धन्नजु (लाखे) खलकले नेपाल र तिब्बत युद्ध हु“दा आºनो अद्वितिया अलौकिक शक्ति तथा आयुर्वेदिक तरिकाले देशको सेवा तथा देशलाई बचाउन सफल भएकाले राजाबाट पुरस्कृत भई पहिला पहिला दशैंको फुलपाटीमा यस विहारमा सैनिकहरू आई बधाइ टोप दिने चलन थियो । त्यसै गरी भाजु नरसिंह खलकले सम्भवत नेपालस्थित नेपालमै पहिलो पल्ट पहाडबाट ढुंगा निकाल्ने ठेक्का लिएका थिए । जुन नेपालकै सम्भवत पहिलो ठेक्का थियो ।

यसरी यस विहारमा विभिन्न कालखण्डमा विभिन्न ऐतिहासिक व्यक्तित्वहरूको जन्म भै सकेको र हाल सम्म पनि कला, कलाकृति, धार्मिक, खेलकुद, संगीत तथा विभिन्न क्षेत्रमा यहा“का व्यक्तिहरू देश विदेशमा प्रख्यात छन् । साथै यहा“का कला कृतिहरू प्रसिद्ध ठाउ“हरूमा सु–सज्जित भएका छन् ।

आजको आधुनिक युगमा यस मयूरवर्ण महाविहार सुधार समितिले समय संगै यस विहारको रितिथिति संस्कृति परम्परा कलाकृतिका साथै यस विहारको इतिहास तथा समिति तथा विहारको गतिविधि सर्वसंघ लागायत यस्तै विषयमा अध्ययनरत अन्वेशकहरूले विश्वभर जहा“बाट पनि सजिलै यस विहारको बारेमा जान्न र बु¤न सकोस भन्ने मुख्य अभिप्रायले यस वेभसाइटको निर्माण गरिएको हो ।

अन्तमा यस वेभसाइट निर्माण गर्न सहयोग गरिदिनुहुने यस टोलका दशपारमिता आजुगणप्रति कृतज्ञता ज्ञापन गर्दै यसमा सहयोग गरिदिनु हुने समितिका सल्लाहकार तथा पूर्व अध्यक्षज्यूहरू, समितिका साथिहरू, सम्पूर्ण सर्व संघ तथा टोलवासी लगायत वेभसाइट निर्माणमा आङ्खनो अमूल्य तथा अतुलनीय योगदान गरिदिनुहुने Longtail e-media परिवार तथा प्रमुखज्यू (विश्वास बज्राचार्य, विपिन बज्राचार्य र विजन बज्राचार्य) सबैलाई ह्दयदेखि धन्यवाद दिंदै आगामि दिनहरूमा पनि सबैको साथ सहयोग र सल्लाहको अपेक्षा गर्दछु । जय सर्वसंघ ।

 

व्यक्तित्वहरु

Surja
Surja Bajracharya

A vivacious artist who left school at a young age to shouder household responsibilitis, Surja wor

बिस्तृतमा हेर्नुहोस